असार १८, २०७८ शुक्रबार

एजेन्सी । स्पेनिस ला लिगा फुटबल क्लब रियल मड्रिडका पूर्वकप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजीमा सम्झौता गर्न सहमत भएका हुन । स्पेनिस स्टार रामोस लिग वान क्लब पिएसजीसँग सम्झौता गर्न सहमत भएका सँगै २ बर्षका लागि उनी अनुबन्ध हुने छन् । 

त्यस्तै पिएसजीमा रामोसको मेडिकल हुने जनाइएको छ । रामोसका एजेन्ट तथा दाजु रेने रामोस बिहीबार बिहान फ्रान्सको राजधानी पेरिस पुगेर पिएसजीसँग डिफेन्डरका बारेमा छलफल गरेका थिए

छलफलपछि रामोसको गन्तब्य निर्क्यौल भएको जनाइएको छ । रामोस र पिएसजीबीच दुई वर्षे सम्झौताका लागि सहमति भएपनि आधिकारिक रूपमा दुवै पक्षले केही घोषणा गरेका छैनन् ।