फागुन १९, २०७७ बुधबार

एजेन्सी

एजेन्सी : आधुनिक फुटबलका महानहस्ति एवम् कीर्तिमानाधारी पोर्चुगिज ३६ वर्षका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले नयाँ कीर्तिमान बनाएका छन् । 

बुधबार बिहान सम्पन्न इटालियन सिरी ‘ए’ फुटबल खेलमा साविक विजेता युभेन्टसले स्पेजियामाथि ३–० गोलको जित निकाल्दा एक गोल गरेका सुपरस्टार रोनाल्डोले नयाँ कीर्तिमान बनाएका हुन् 

उनले उक्त खेलको अन्तिम मिनेट अर्थात् ८९औ मिनेटमा रोड्रिगो बेन्टानकरको पासमा डि बक्स बाट बायाँ खुट्टाले सानदार गोल गरेका थिए । उक्त गोलसँगै रोनाल्डो युरोपका शीर्ष पाँच लिगमा लगातार १२ सिजन कम्तिमा २०औं गोल गर्ने पहिलो खेलाडी बने । त्यस्तै उनले उक्त खेलसँगै क्लब फुटबल करिअरको ६००औँ लिग खेल खेलेका थिए ।

Juventus star Cristiano Ronaldo recovers from COVID-19, Sports News |  wionews.com

रोनाल्डोले आफ्नो व्यावसायिक खेल करिअरका दौरानमा पोर्चुगल देखि इंग्ल्याण्ड , स्पेन र हाल इटाली पुगेका छन । जहाँ रोनाल्डोले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीबाट सुरु गरेका थिए । त्यपछि उनि म्यानचेस्टर युनाइटेडबाट प्रिमियर लिग रियल मड्रिडबाट स्पेनिस ला लिगा खेलेका थिए । 

उनी हाल इटालियन क्लब युभेन्टसबाट सिरी ए लिगमा आफ्नो तेस्रो सिजन बिताइरहेका छन । जसमा रोनाल्डोले कुल २१ खेलमा २० गोल र ३ अस्सिट गरेका छन् । त्यस्तै पहिलो सिजन र क्रमशः दोस्रो सिजन २१ र ३१ गोल गरेका थिए । रोनाल्डोले आफ्नो क्लब लिग करिअरको ६००औं खेल सम्म कुल ६ सय ६५औं गोल गरेका छन ।