एजेन्सी । इटालियन सिरी ए फटबल क्लब युभेन्टस फरवार्ड तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने व्यक्ति बनेका छन् । सोसल मिडिया मार्केटिङ संस्था होपर एचक्यूले एक सूची सार्वजनिक गर्दै रोनाल्डो पहिलो पटक इन्स्टाग्रामबाट सबैभन्दा कमाउने व्यक्ति बनेको जानकारी दिएको छ ।
होपर एचक्यूका अनुसार रोनाल्डोले आफ्नो इन्स्टाग्राममा एउटा विज्ञापन पोस्ट गर्दा १.६० मिलियन अमेरिकन डल लिन्छन् । रोनाल्डोले रेस्लर तथा अभिनेता ड्वाने ‘द रक’ जोनसनलाई उछिन्दै शीर्ष स्थान बनाएका हुन् । त्यस्तै अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको भने सातौं स्थानमा रहेका छन् । २ सय २४ मिलियन फलोअर्स भएका मेस्सीले प्रतिपोस्ट १.१ डलर आम्दानी गर्छन् ।
पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोले सन् २०१७ बाट मात्र इन्स्टाग्राम चलाउन थालेका हुन् । उनले हालसम्म ३ सय ८ मिलियन फलोअर्स बनाएका छन् । द रकसँग भने २ सय ५० मिलियन फलोअर्स छन् । उनले प्रतिपोस्ट १.५२ मिलियन डलर कमाउँछन् ।
टप टेन सूचीः
१. क्रिस्टियानो रोनाल्डो–१.६० मिलियन डलर प्रतिपोस्ट
२. द रक– १.५२ मिलियन डलर प्रतिपोस्ट
३. एरियाना ग्रान्डे– १.५१ मिलियन डलर प्रतिपोस्ट
४. केली जेनर– १.४९ मिलियन डलर प्रतिपोस्ट
५. सेलेना गोमेज– १.४६ मिलियन डलर प्रतिपोस्ट
६. किम कर्दासियन– १ं४१ मिलियन डलर प्रतिपोस्ट
७. लियोनल मेस्सी– १.१६ मिलियन डलर प्रतिपोस्ट
८. बियोन्सी नलेज– १.१४ मिलियन डलर प्रतिपोस्ट
९. जस्टिन बेबर– १.११ मिलियन डलर प्रतिपोस्ट
१० केन्डल जेनर– १.०५ मिलियन डलर प्रतिपोस्ट
https://instagram.com/cristiano?utm_medium=copy_link