एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगितामा शनिबार बिहान दुई खेल हुँदै छन् । सेमिफाइनल पुग्नका लागि भोलि बिहान ४ टोलीबीच भिडन्त हुन छ।
क्वार्टरफाइनलका खेलमा साविक विजेता तथा हाल आयोजक राष्ट्र ब्राजिलले चिलीसँग खेल्दै छ । यो खेल नेपाली समयअनुसार भोलि बिहान ५ः४५ बजे रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ ।
ब्राजिल समूह बी को विजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । उसले चार खेलमा १० अङ्क जोडेको थियो । चिली भने समूह ए को चौथो स्थानमा रहँदै अन्तिम आठमा प्रवेश गरेको हो ।
त्यस्तै बिहान २ः४५ बजे पेरु र पराग्वेले खेल्दै छन् । पेरु समूह बी को दोस्रो तथा पराग्वे तेस्रो हुँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन् ।