घरेलु टोली वेस्टईन्डिज र पाहुना टोली दक्षिण अफ्रिका बिचको ५ खेलको टि ट्वान्टी शृखंला अन्तर्गतको अन्तिम तथा निर्णायक ५ औं खेल आज हुदै छ।
ग्रेनेडाको नेशनल क्रिकेट स्टेडियममा हुने सो खेल नेपाली समयानुसार रातको ११:४५ मा सुरु हुनेछ।
यि दुई बिचको पहिलो खेल वेस्टईण्डिजले जितेकोमा दोस्रो तथा तेस्रो खेल भने दक्षिण अफ्रिकाले जितेर शृखंलामा पाहुना टोलीले २-१ को अग्रता बनाएकोमा चौथो खेल पुन: घरेलु टोलीले जित्दै शृखंला २-२ को बराबरीमा पुऱ्याएको छ ।
आजको खेलबाट नै शृखंलाको टुगों लाग्ने हुदा आजको खेल दुवै टोलीका लागि जित्नै पर्ने दबाब रहेको छ।