एजेन्सी । ४७औं संस्करणको कोपा अमेरिका फुटबल साविको विजेता ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा चिलीमाथि १–० गोलको कठिन जित निकाल्दै ब्राजिल अन्तिम चारमा प्रवेश गरेको हो ।
आयोजक देश ब्राजिलको जितका लागि लुकास प्याकेटाले गरेको गोल निर्णायक बन्यो । उनले पहिलो हाफको खेलको ४६ औं मिनेटमा गोल गदैं ब्राजिललाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफको सुरूवातमै घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । खेलको ४८ औं मिनेटमा ब्राजिलका ग्राबियल जेसस रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । त्यसपछि घरेलु टोली ब्राजिल रक्षात्मक रूपमा प्रस्तुत भएको थियो । बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन नसकेपछि ब्राजिल १–० ले बिजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको हो ।
त्यस्तै शनिबार बिहान भएको अर्को खेलमा पराग्वेमाथि पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै पेरु सेमिफाइनल प्रवेश गरेको थियो ।