असार १९, २०७८ शनिबार

काठमाण्डौं । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेका २७ खेलाडीबाट अन्तिम १८ खेलाडीको छनोट गरिएको छ।

बन्द प्रशिक्षणमा ३० खेलाडीको नाम राखिए पनि नेपाल पुलिसले ३ खेलाडीलाई रिलिज नगरे पश्चात २७ खेलाडीको सहभागीतामा असार १ बाट बन्द प्रशिक्षण जारी रहेको थियो ।

मनवीर छन्त्यालको संयोजकत्वमा नेपाल भलिबल संघले  केही दिन अगाडी बनाएको खेलाडी छनोट समितिको सिफारिसमा संघले अन्तिम  छनोट गरेको हो ।

 

यस च्याम्पियनसिप आगामी भदौ १३ देखि २० गते सम्म फिलिपिन्समा आयोजना हुनेछ । कोरोना महामरीका कारण चीनमा तय यस प्रतियोगिता फिलिपिन्समा आयोजना हुने लागेको हो । 

च्याम्पियनसिपका लागि नेपाली टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो ।

१३औं सागमा रजत जित्दाको टिममा रहेका कमला पुन र हिरा केसीसहित ९ खेलाडी बाहिरिएका छन् ।अब १४ सदस्यीय अन्तिम टोली छनोट गरिने ।

प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउनेछन् । 

अन्तिम १८ सदस्यिय नेपाली टिम 

मनिषा चौधरी, कविता भट्ट,उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी, सलिना श्रेष्ठ