असार २०, २०७८ आइतबार

घरेलु टोली वेस्टईण्डिज विरुद्धको ५ खेलको टि ट्वान्टी शृखंला पाहुना टोली दक्षिण अफ्रिकाले जितेको छ  ।आज बिहान सम्पन्न निर्णायक अन्तिम खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले जित निकाले पश्चात शृखंला नै आफ्नो पक्षमा पारेको हो  ।

आज बिहान सम्पन्न सो खेलमा पाहुना टोलीले २५ रनको रोमान्चक जित हात पारेको हो ।

टस हारेर जितेर पहिला ब्याटिङ गरेको पाहुना टोली दक्षिण अफ्रिकाले  निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाउन सक्यो। उसका लागि एडिन माकरमले ७० रन तथा विकेट किपर  क्विटन डि ककले ६० रन तथा डेबिड मिलरले १८ रन बनाए। वेस्टईण्डिजका लागि फिडेल एडवार्डले २ तथा ओवेड मेकोईले र ड्वयन ब्राबोले समान १/१ विकेट लिए। 

१६९ रनको लक्ष्य सहित मैदान उत्रिएको घरेलु टोलीले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रनमा समेटिएको थियो। उसका लागि ओपनर ईभेन लुईसले ५२ रनको अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिउन सकेनन्।शिमरन हिटमायरले ३३ रन बनाए। अन्य ब्याट्सम्यानले सोचे अनुरुपको खेल देखाउन नसक्दा वेस्टईण्डिजले हारको सामना गर्नु पऱ्यो। दक्षिण अफ्रिकाका लागि भने लुगीं एन्गेडीले ३ ,उएन मुल्दार र कागिसो रबडाले २/२ तथा तबरेज साम्सी र जर्जियो लिन्डीले समान १/१ विकेट लिए