फागुन १९, २०७७ बुधबार


काठमाडौँ।
नेपाली सेनाको सैनिक मुख्यालय जङ्गी अड्डामा आज पृतनापति सम्मेलन शुरू हुँदैछ ।सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको पृतनापति सम्मेलनमा  मुलुकको सुरक्षा अवस्थाबारेको प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ ।

सम्मेलनमा महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएगरेका कामको प्रस्तुतीकरण एवं समीक्षा हुनेछ ।सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ । सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना रहेकोछ ।