असार २०, २०७८ आइतबार

काठमाण्डौ। राष्ट्रिय महिला भलिबल टिमको व्यवस्थापकको जिम्मेवारी नेपाल भलिबल संघ(एनभिए)ले ज्योती केसीलाई दिएको छ। 

यस अघि व्यवस्थापकको जिम्मेवारी पाएकी एनभिएकी उपाध्यक्ष समेत रहेकी निरोज मास्केको राजिनामा स्विकृत गर्दै एनभिएको आज बसेको कार्य सम्पादन समितीको बैठकले केसीलाई सो पदको जिम्म्वारी दिएको हो। 

केसी नेपाल भलिबल संघको केन्द्रीय सदस्य समेत रहेकी छन्। आगामी भदौ १३ देखि २० गते सम्म फिलिपिन्समा हुने एसियन महिला भलिबल च्याम्पियनसिपको तयारीमा नेपाली महिला भलिबल टोली असार १ बाट बन्द प्रशिक्षणमा रहेको छ। 

शनिबार मात्र मनविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यिय खेलाडी छनोट समितीले बन्द प्रशिक्षणमा रहेका २७ खेलाडी मध्ये दोस्रो चरणका लागि १८ खेलाडीको छनोट गरेकोमा अबको केहि दिनमा नै अन्तिम १४ खेलाडीको पनि छनोट गर्ने छ। 

प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेको नेपाल सहित आयोजक फिलिपिन्स, जापान, थाइल्याण्ड, कोरिया, काजकिस्तान, ताईवान, इरान, अष्ट्रेलिया, भारत, उज्वेकिस्तान, हङकङले सहभागिता जनाउनेछन् । 

अन्तिम १८ सदस्यिय नेपाली टिम 

मनिषा चौधरी, कविता भट्ट,उषा विष्ट, सोफिया पुन, सुनिता खड्का, रेश्मा भण्डारी, लक्ष्मी चन्द, रिया कुँवर, अरुणा शाही, कृपा अधिकारी, जानकी भण्डारी, प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सरस्वती चौधरी, सरस्वती जैशी, सलिना श्रेष्ठ