एजेन्सी । स्पनिस ला लिगा फुटबल क्बल बार्सिलोनाका तथा पोर्चुगलका युवा फरवार्ड फ्रान्सिस्को ट्रिनकाओ इंग्लिस प्रिमियर लिग क्लब वुल्भ्समा अनुबिन्धत भएका छन् ।
२१ वर्षीय पोर्चुगिज विङ्गर ट्रिनकाओलाई प्रिमियर लिग क्लब वुल्भ्सले लोनमा अनुबन्धित गरेको हो ।
बार्सिलोनाले ट्रिनकाओ एक सिजनका लागि लोनमा वुल्भ्समा अनुबन्धित भएको जानकारी दिएको छ ।
ट्रिनकाओले बार्सिलोनाबाट ४२ खेल खेल्दा तीन गोल र दुई असिस्ट गरेका छन् ।