काठमाडौं । दोलखा जिल्लाको सदरमुकाम चरिकोट स्थित रेडियो भीमेश्वर ९०.८ मेगाहर्ज गए राति करिब ११ बजे तिर अज्ञात व्यक्तिको आक्रंमण बाट देउराली डाँडामा रहेको रेडियोको टावरमा करिब ३ लाख बराबरको क्षति भएको रेडियोका स्टेशन म्यानेजर रवीन्द्र गौतमले जनाएका छन् ।
'सञ्चार जगतमाथि आपाधिक मनस्थिति भएका व्यक्तिबाट आम नागरिकको सूचनाको हकबाट बञ्चित गराउन कारवाहीको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष आग्रह गर्दछु । साथै सो आपराधिक क्षतिको कारण मर्मत लगाएतको कार्य गर्नु पर्न भएकोले दुखका साथ रेडियो नियमित प्रसारण केही दिन बन्द हुने सूचना समेत आम उपभोक्तामा जानकारी गराउन चाहन्छु' स्टेशन म्यानेजर गौतमले बताएका छन । 