एजेन्सी । युरोपका विभिन्न्र ११ शहरमा जारी १६औं संस्करणको युरो कपमै सर्वाधिक अनुभवी खेलाडी क्रिस्टियानो रोनाल्डो सर्वाधिक गोलकर्ताको सूचीमा अझै अगाडि नै रहेका छन् । चेक रिपब्लिकका खेलाडी प्याट्रिक शिकले बराबरी गोल गर्दै रोनाल्डोलाई भेट्टाए पनि कम खेलेका उनले अग्रता बनाइहेका छन् । जसमा रोनाल्डोको एक असिस्ट पनि रहेको छ ।
रोनाल्डोले यस प्रतियोगितामा समूह चरणका तीन र अन्तिम १६ को एक खेल गरी ४ खेल खेल्दा ५ गोल गरेका छन् । त्यस्तै चेक रिपब्लिकका शिकले ५ खेल खेल्दा ५ खेल खेल्दा ५ गोल गरेका छन् ।
त्यसबाहेक स्विडेनका इमाइल फोर्सबर्ग, करिम बेन्जेमा र रोमेलु लुकाकुले समान ४ गोल गरेका छन् । यी तीनै खेलाडी सम्मेलित टोली युरो कपबाट बाहिरिसकेका छन् । यस्तै शीर्ष गोलकर्ताको सूचीमा रहेका रोनाल्डो र शिकको टिम पनि युरो कपमा छैनन् ।
युरो कपको शीर्ष गोलकर्ताले गोल्डेन बुट पाउनेछन् । व्यक्तिगत विधातर्फको उक्त अवार्ड यसपटक प्रतिस्पर्धात्मक देखिएको छ । प्रतिस्पर्धात्मक भएपनि सो अवार्ड रोनाल्डोले पाउने निश्चित छ । किनकि, गोलपछि आउने असिस्ट सङख्यामा रोनाल्डो अगाडि छन् । उनले एक असिस्ट गरेका छन् भने शिक असिस्टविहीन छन् । तथापि, यस दौडमा तीन गोल गरेका इङ्ग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङ, समान गोल गरेका डेनमार्कका कास्पर डलबर्गलगायत छन् । उनीहरू सम्मेलित टिमले भने युरो कपमा प्रतिस्पर्धा गरिरहेका छन् ।
रोनाल्डो युरो कपको सवार्धिक गोलकर्ता हुन् । ५ संस्करणको युरो कप खेलेका उनले २५ खेलमा १४ गोल गरेका छन् ।