फागुन १९, २०७७ बुधबार

एजेन्सी

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा गाब्रियल जिससले दुई गोल गरेका थिए भने रियाद महरेजले एक गोल गरेका थिए । त्यस्तै उल्भ्सका लिंडर डेन्डोनकरले एक गोल आत्मघाती गोल गरेका थिए ।

त्यसैगरी उल्भ्सका लागि एक गोल कोनोर कोयडीले फर्काएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा १५ अंकको अग्रता हासिल गरेको छ । सिटीको २७ खेलमा ६५ अंक भएको छ ।

त्यस्तै दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको २६ खेलमा ५० अंक रहेको छ भने तेस्रो स्थानमा रहेको लेस्टर सिटीको २६ खेलमा ४९ अंक रहेको छ । त्यसैगरी उल्भ्सको २७ खेलमा ३४ अंक रहेको छ र लिगमा १२औ स्थानमा छ ।