एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा पहिलो सेमिफाइनल खेल हुँदै छ । नेपाली समयअनुसार भोलि बिहान ४ः४५ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक राष्ट्र तथा साविक विजेता ब्राजिलले पेरुको सामना गर्दै छ ।
ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा हुनेछ । यस खेलको विजेता टिमले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
यसअघि ब्राजिल चिलीमाथि १–० गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अन्तिम चारका लागि अर्जेन्टिनाले भने इक्वाडरलाई ३–० गोलले हराएको थियो । हालसम्म ब्राजिल ९ पटकको विजेता टिम हो भने पेरुले २ पटक उपाधि जितेको छ । अघिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।