एजेन्सी । ४७औं संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा आयोजक राष्ट्रिय तथा सावितको विजेता ब्राजिलले पहिलो सेमिफाइनल अन्तर्गत भएको खेलमा पेरुलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलको रियो दि जेनेरियोस्थित ओलम्पिक स्टेडियममा भएको खेलमा घरेलु टोली ब्राजिलको लागि खेलको लुकास टोलेन्टिनोले गोलगरि १-० गोलको अग्रता दिलाएका छन् । उनले खेलको ३५औं मिनेटमा नेयमारको पासमा उत्कृष्ट गोल गरेका हुन् ।
पहिलो हाफमा १-० गोलको अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा थप गोल भने गर्न सकेन । उक्त जित सँगै अब ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।
यसअघि ब्राजिल चिलीमाथि १–० गोलको जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो । अन्तिम चारका लागि अर्जेन्टिनाले भने इक्वाडरलाई ३–० गोलले हराएको थियो । हालसम्म ब्राजिल ९ पटकको विजेता टिम हो भने पेरुले २ पटक उपाधि जितेको छ । अघिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।