फागुन १२, २०८० शनिबार

काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गर्नुभएको छ । धनुषाको सबैला नगरपालिका–४ र सिरहाको कल्याणपुर नगरपालिका–५ जोड्ने पक्की पुलको आज शिलान्यास गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    उक्त सचिवालयका अनुसार रु एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने पुल लम्बाइ ६ सय मिटर लामो हुनेछ । ‘डबल लेन’को यो पुल निर्माणपछि दुवै जिल्लाका जनतालाई आवागमनका साथै यातायातका साधन सञ्चालन गर्न सहज हुनेछ ।