असार २२, २०७८ मंगलबार

 रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटबीच साझा सुरक्षाका विषयमा छलफल भएको छ ।

उनिहरुबीच भएको पहिलो टेलिफोन वार्तामा महत्त्वपूर्ण विषयमा छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । साथै टेलिफोनवार्तामा दुई नेताबीच छिट्टै भेटवार्ताका लागि सहमति बनेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

रूसले क्षेत्रीय स्थायित्व कायम गर्न तथा अपहरण र बेपत्ताका घटनामा सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ । सन् १९९० को दशकदेखि इजरायलमा बसालिएका १० लाख भन्दा बढी रूसी यहुदीको भूमिकाबारे पनि छलफल भएको इजरायली प्रधानमन्त्री बेनेटले बताएका छन् । साथै रुसी राष्ट्रपति पुटिनले ‘दुई देशबीचको पुल’को रूपमा काम गर्नेमा पनि बेनेटले विश्वास व्यक्त गरेका छन् ।