कञ्चनपुर- जिल्लाको पुनर्वास नगरपलिका कार्यालयमा बुझाउनुपर्ने कर अब अनलाइन प्रणालीबाट बुझाउन सकिने भएको छ । अनलाइन विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी गर्न सकिने प्रणालीको नगर प्रमुख जीवनराज थापाले मङ्गलबार उद्घाटन गरेका हुन् ।
यस प्रणालीले नगरबासीलाई सजिलो हुने अपेक्षा गरिएको छ । सेवाग्राहीहरूलाई नगरपालिकालाई तिर्नुपर्ने सम्पुर्ण कर https://eservice.punarbasmun.gov.np/ वेवसाइटमा लगइन गरी इ-सेवा र आईएमई-पे मार्फत भुक्तानी गर्न सकिने नगरपालिकाले जनाएको छ ।