असार २३, २०७८ बुधबार

फाइल तस्बिर

बलिउड अभिनेता दीलिपकुमारको निधन भएको छ । ९८ वर्षीय दीलिपकुमारको बुधबार उपचारका क्रममा निधन भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी जुन ३० मा मुम्बईको हिन्दुजा अस्पताल भर्ना भएका थिए । देवदास (१९५५), नयाँ दौर (१९५७), मुघल–ए– आजाम (१९६०), गङ्गाजमुना(१९६१) लगायतका ६५ बढी फिल्ममा अभिनय गरेका उनले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए।

पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान–ए–इम्तियाजबाट समेत सम्मानित भएका दीलिपकुमारले पद्म विभूषण, पद्म भूषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए । बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका उनको वास्तविक नाम युसुफ खान हो ।