असार २३, २०७८ बुधबार

काठमाण्डौ ।नेपालले यस संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागीता जनाउदै छ। नेपाल सहित १२ देशले सहभागीता जनाउने सो च्याम्पियनसिप फिलिपिन्समा हुदैछ। 

नेपालको सहभागीताबाट परको बिषय रहेतापनि महिला भलिबलको सबैभन्दा शिर्ष प्रतियोगिताको रुपमा महिला भलिबल विश्वकप रहेको छ। सन् १९७३ मा उरुग्वेमा  सुरुवात भएको सो प्रतियोगिताको पहिलो संस्करणको च्याम्पियन टोली तत्कालिन सोभियत संघ हो। 

पहिलो संस्करण पश्चातको १२ वटा संस्करणको आयोजना गर्ने अवसर पाएको जापानले हालसम्म १ पटक मात्र उपाधी जितेको छ। 

२०१९ मा पछिल्लो संस्करण जापानमा आयोजना भएकोमा छिमेकी मुलुक चीन च्याम्पियन बनेको थियो।चीन हालसम्म सर्वाधिक ५ पटक यस प्रतियोगिताको च्याम्पियन भएको छ। 

यस विश्वकपको हालसम्मको ईतिहासमा ३० राष्ट्र सहभागी भएकोमा ५ राष्ट्र मात्र च्याम्पियन भएका छन्। जसमा चीन ५ पटक,क्युवा ४ पटक,इटली २ पटक,जापान १ पटक र सोभियत संघ १ पटक च्याम्पियन भएका छन्। 

आगामी संस्करण २०२३ मा हुने भएतापनि आयोजक राष्ट्रको भने टुगों लागेको छैन।