असार २३, २०७८ बुधबार

नेपाली बजारमा सुनको मूल्य बढेको छ । प्रतितोलामा ४०० ले बढेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसै गरी तेजाबी सुनको मूल्य ९१ हजार ७०० रहेको छ । सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ । महासंघका अनुसार प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।