असार २३, २०७८ बुधबार

प्रि ओपनिङमा बजार परिसूचक नेप्से २.६२ अंकले घटेर २८१५.४९ अंकमा ओर्लिएको छ । यस बीचमा २८ कम्पनीका ३ लाख १ हजार ८७४ कित्ता शेयर ८९ वटा कारोबारबाट ४७ करोड ६६ लाख ६२ हजार ६०८ रुपैयाँमा किनबेच भएका छन् ।

राष्ट्रिय बीमा कम्पनी, निर्धन उत्थान लघुवित्त र छिमेक लघुवित्तको शेयर मूल्य घटाएर धेरै सङ्ख्यामा प्रि ओपनिङ्गमा नै कारोबार भएपछि कारोबार रकम बढेको हो भने नेप्से घटेको छ । कूल २८ कम्पनीको शेयर कारोबार भएकामा १३ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । कारोबारमा कम कम्पनी आउँदा र आधा बढी कम्पनीको मूल्य घटेपछि नेप्सेमा सामान्य गिरावट आएको हो ।