फागुन २१, २०८० सोमबार

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पू्र्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटघाट भएको छ । प्रधानमन्त्री दाहाल अध्यक्ष नेपालको स्वास्थ्यलाभको कामना गर्न आज साँझ उहाँको निवास कोटेश्वर पुग्नुभएको हो । 

    प्रधानमन्त्री दाहालका साथमा नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि अध्यक्ष नेपालको निवास कोटेश्वर पुग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहनुभएको छ । उहाँहरुबीच पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफलसमेत भएको बताइएको छ ।