हाइटीका राष्ट्रपति जोभेनेल मोसेको हत्या भएको छ । राष्ट्रपति मोसेको उनकै निजी निवासमा आक्रमण गरी हत्या गरिएको प्रधानमन्त्री क्लाउडे जोसेफले जानकारी दिएका छन् ।
जोसेपका अनुसार पोर्ट–एयू–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा हतियारधारी समूहले स्थानीय समयानुसार राति १ बजे आक्रमण गरेका हुन् । उक्त आक्रमणमा फर्स्ट लेडी पनि घाइते भएको बताइएको छ । ५३ वर्षका जोभेनेल सन् २०१७ को फेब्रुअरीदेखि सत्तामा थिए । बीबीसी