बाराको निर्वाचन क्षेत्र नम्बर २ का १५ वटा वडामा क्रियाशील सदस्यता वितरणमा बदमासी भएकाे भन्दै केन्द्रीय कार्यालयमा उजुरी परेकाे छ ।
त्यहाँको पचरौता नगरपालिका वडा नं- १,४,६,७,८ र ९, महागढीमाई नगरपालिका वडा नं- १,२,४,६,७ र सुवर्ण गाउँपालिकाको वडा नं- १ र ४ लगायत करिब १५ वडाका सभापतिहरूले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति सानेपा ललितपुरमा उजुरी दर्ता गराएका बारा २ बाट महाधिवेशन प्रतिनिधि एवं नेविसंघका निवर्तमान सह-महामन्त्री राजेश रौनियारले बताए ।
उनीहरूले सिफारिसविना र कतिपय ठाउँमा किर्ते हस्ताक्षर गरेर क्रियाशील दिइएकाे भन्दै तत्काल साे कार्य राेक्न माग गरेका छन् ।