काठमाण्डौ।
न्यूजिल्याण्डविरुद्धको तेस्रो टी २० खेलमा अष्ट्रेलिया ६४ रनले विजयी भएको छ । जितसँगै अष्ट्रेलियाले पाँच खेलको शृखंला २ १को अवस्थामा पुर्याएको छ ।
विलिङटनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै २ सय ८ रन बनायो ।
उसका ओपनर म्याथ्यु वाडे मात्र ६ रनमा आउट भएकामा दोस्रो विकेटका लागि कप्तान आरोन फिन्च र जोस फिलिपेविच ८३ रनको साझेदारी हुँदा टिम सम्हालिएको थियो ।
त्यसपछि क्रिजमा आएका ग्लेन म्याक्सवेलले फिन्चसँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरे । फिन्चले ४४ बलमा आठ चौका र दुई छक्का प्रहार गरे ।
यस्तै ग्लेन म्याक्सवेल ७० रनमा आउट हुँदा अष्ट्रेलियाको स्कोर एक सय ९४ रन थियो । उनले मात्र ३१ बलमा आठ चौका र पाँच छक्काको मद्दतले ७० रन बनाए ।बलिङमा न्यूजिल्याण्डका इस सोधीले दुई विकेट लिए ।
सुरुवाती दुई खेल गुमाएको अष्ट्रेलियालाई आजको खेल जित्नैपर्ने दबाव थियो । जसमा अष्ट्रेलिया सफल पनि भयो ।जवाफमा न्यूजिल्याण्ड १७ ओभर एक बलमा सबै विकेट गुमाउँदै एक सय ४४ रन बनायो ।

२० रनमा पहिलो विकेट गुमाएको न्यूजिल्याण्डले ४८ रन बनाउदा दोस्रो विकेट खेर फाल्यो । उसले एक सय नौ रन बनाउँदा पाँच विकेट खेर फालेको थियो । तर त्यसपछि पनि उसको विकेट झर्ने क्रम रोकिएन र अन्ततः रनमा अलआउट भयो ।
न्यूजिल्याण्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ४३ रन बनाए । भने डेभोन कोनवेले ३८, मार्क चपमनले १८ तथा ग्लेन फिलिप्सले १३ रनको योगदान गरे । उसका बाँकी खेलाडी सस्तैमा आउट भए ।न्यूजिल्याण्डको पारीलाई सस्तैमा रोक्नका लागि एस्टन अगरल ६ विकेट लिए यस्तै राईली मेरेडिथले दुई विकेट हात पारे ।