असार २४, २०७८ बिहिबार

चौथौं संस्करणको एभरेस्ट प्रिमियर लिग(ईपिएल)लाई अन्तराष्ट्रिय क्रिकेट परिषद(आईसिसि)ले स्विकृति दिएको छ। 

आगामी असोज ९ देखि २३ सम्म तय उक्त प्रतियोगिताको आयोजकले  बिहीबार एक विज्ञप्ति निकाल्दै चौंथो संस्करणको प्रतियोगितालाई आईसीसीले स्वीकृति दिएको जनाएको छ ।

ललितपुर प्याट्रियट्स यस लिगको साबिक बिजेता रहेकोमा उसका अलावा यस लिगमा विराटनगर वारियर्स,काठमाडौं किंग्स ११ ,चितवन टाईगर्स,भैरहवा ग्लाडियर्स र पोखरा राईनोज रहेका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले यस अघि नै प्रतियोगिता आयोजनाको लागि अनुमति दिईसकेकोछ ।