काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने बिहिबार बेलुका इंग्ल्याण्ड उडेका छन्।
पहिलो संस्करणको द हन्ड्रेड प्रतियोगितामा सामेल हुन लामिछाने त्यस तर्फ गएका हुन्।
जुलाई २१ बाट सुरु हुने सो प्रतियोगितामा सन्दिप ओभल ईन्भिन्सिबलमा आबद्ध रहेका छन्।
१० दिनको क्वारेन्टाईनमा बस्ने सन्दिपको त्यस बिचमा दुई पटक कोरोना परिक्षण हुनेछ ।परिक्षण नेगेटिभ आए पश्चात सन्दिप टिमसॅंग जोडिनेछन्।