सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले बढुवा समितिको सिफारिसअनुसार डीआईजी थापालाई एआईजीमा बढुवा गरेको हो।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा जेठ १४ गते बसेको बढुवा सिफारिस समितिले थापालाई डीआईजीपीबाट एआइजीमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो।
थापालाई एआईजीपीमा बढुवा गरिए पनि पदस्थापन भने नगरिएको बैठकमा सहभागी एक मन्त्रीले बताए । केहि दिनअघि बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीमा एक (एआइजी)को दरबन्दी सिर्जना गरेको थियो।
हाल नेपाल प्रहरीमा चार एआइजीको दरबन्दी रहेकोमा अब पाँच पुगेको छ। डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन्।