साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले बढेर ९२ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो प्रतितोला ९२ हजार ३ सय तोकिएको थियो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भइरहेको छ । प्रतितोला ५ रूपैयाँ घटेको चाँदीको मूल्य १ हजार ३०५ निर्धारण गरिएको छ ।