पेट्रोलको कृत्रिम अभाव देखाइ कालोबजारी भएको भन्दै डडेल्धुरामा विरोध प्रदर्शन गरिएको छ । बोलन्या थली युनिट डडेल्धुराले शुक्रबार विरोध प्रदर्शन गरेको हो ।
बजारमा कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेको भन्दै बोलन्या थलीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेको हो । डडेल्धुरामा वीर बेताल र उग्रतारा आयल गरी दुई वटा पेट्रोल पम्प रहेका छन्।
तर, यी दुवै पम्पले उपभोक्तालाई पेट्रोल नदिएर यहाँका किराना पसलहरूलाई दिँदै आएकोसमेत आरोप लागेको छ । यस्तो महामारीमा पनि यहाँका पेट्रोल पम्पले कालोबजारी गर्दा समेत स्थानीय प्रशासन मौन बसेको भन्दै थलीले प्रदर्शन गरेको हो।