आन्तरिक उडानको कोटा प्रणाली हटाउने निणर्य भएको छ । कोटा प्रणाली हटे पछि आन्तरिक हवाई सेवा प्रदायकहरुले आश्यकता अनुसार उडान गर्न सक्ने छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलका अनुसार बाढी पहिरोका कारण सडक यातायात प्रभावित भएपछि कोटा प्रणाली हटाइएको हो ।सरकारले यसअघि ५० प्रतिशतको सीमा तोकेको थियो । अब आइतबारदेखि यो सीमा हट्नेछ ।