काठमाडौं ।
गोंगबुमा भएको कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखेर फाल्ने कल्पना मुडबरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ ।कल्पनाले रोल्पा रून्टीगढी गाउँपालिका(७ घर भई गोंगबुस्थित एक होटलमा बस्दै गरेका ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्।
मृतकको टाउको, ज्यान र खुट्टा फरक फरक स्थानमा भेटिएको थियो ।जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभारीलाई आजीवन काराबासको सजाय सुनाएको अदालतका सूचना अधिकारी नरेन्द्रकुमार शर्माले जानकारी दिए ।
शर्माका अनुसार फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जिवीत रहुञ्जेल काराबासको सजाय सुनाएका हुन् ।त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको छ ।गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो ।