असार २५, २०७८ शुक्रबार

काठमाडौं। ५ टिट्वान्टी तथा ३ एकदिवसिय सिरिजका लागि वेस्टईण्डिज भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले शनिबार बिहान पहिलो टिट्वान्टी खेल्दै छ।

खेल नेपाली समयानुसार शनिबार बिहान ५:१५ बजे सेन्ट लुसिया स्थित डारेन सामी अन्तराष्ट्रिय रंगशालामा हुनेछ। 

डेबिड वार्नर, ग्लेन म्यासवेल लगायतका महत्वपुर्ण खेलाडी बिना नै वेस्टईण्डिज पुगेको अस्ट्रेलिया वेस्टईण्डिज भन्दा केही कमजोर देखिएको छ।