असार २५, २०७८ शुक्रबार

काठमाण्डौ। इंग्ल्याण्डमा २१ जुलाईबाट सुरु  हुने पहिलो संस्करणको द हन्ड्रेड प्रतियोगितामा ओभल ईन्सिभल टिममा आबद्ध नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने त्यस तर्फ गएका छन्। 

 गत बर्ष हुने भनिएको पहिलो संस्करणको द हन्ड्रेड प्रतियोगिता कोरोना महामारीका कारण हुन सकेन यस बर्ष यो प्रतियोगिता आगामी जुलाई २१ बाट सुरु हुदै छ।

यस प्रतियोगितामा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने ओभल ईन्सिभलमा आबद्ध रहेका छन्। 

इंग्ल्याण्ड तथा वेल्स क्रिकेट बोर्डको संयुक्त आयोजनामा हुनगईरहेको सो प्रतियोगिता विश्व क्रिकेटको सबैभन्दा पछिल्लो विधाको रुपमा रहेकाले र विश्व क्रिकेटमा यो फर्म्याट नौलौ रहेका कारण यसका बारेमा धेरैमा अन्योलता रहेको छ। यस फर्म्याटको बारेको सामान्य जानकारी यस अनुरुपको रहेको छ:

१)यस फर्म्याट अनुरुप हरेक ईनिङ १०० बलको हुनेछ। १०० बलमा जुन टोलीले धेरै रन बनाउछ खेल त्यही टोलीले जित्ने छ। 

२)एक बलरले ५ देखि १० बलको निरन्तर बलिङ गर्न सक्छ यो कप्तानको निर्णयमा निर्भर रहन्छ। 

३)एक खेलमा एक बलरले बढीमा २० बल गर्न सक्छ। 

४)२५ बलको पावर प्ले हुनेछ। पावर प्लेमा सर्कलको बाहिर दुई जना फिल्डर मात्र रहन पाउने छन् ।

५)१० बल पछि फिल्डिङ ईन्ड परिवर्तन हुने छ। 

६) खेलको मध्यमा टिम कोच मैदानमा गई खेलाडीसॅंग छलफल गर्नपाउने छन्। 

७)खेल २ घण्टा ३० मिनेटको हुनेछ।