काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर टिभीले गर्ने भएको छ ।
कान्तिपुरको प्रत्यक्ष प्रशारणका लागि उक्त प्रतियोगिताको ब्यवस्थापन गरिरहेको कम्पनी टर्नपाईक इभेन्ट प्रालीसँग सम्झौता गरेको छ । कान्तिपुरले प्रत्यक्ष प्रशारणका साथै डिजिटल राइट्स पनि खरिद गरेको छ । जसका लागि कान्तिपुर टिभी र ई कान्तिपुरले सो कम्पनीसँग सम्झौता गरेका छन । सम्झौता अनुसार प्रतियोगिताका सबै खेल कान्तिपुर टिभीमा प्रत्यक्ष प्रशारण गरिनेछ ।
आगामी जेठ एक गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता पोखराको बहुउद्देश्यिय कर्भडहलमा हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन ।
यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५–२५ हजार रुपैयाँ हात पार्नेछन । प्रतियोगितामा प्राविधीक सहयोग एन्फाले गरेको छ भने सबै टिमलाई तयारीका लागि एक एक लाख रुपैयाँ दिनेछ ।