चैत १५, २०८० बिहिबार

काठमाडौँ-  युईएफए महिला च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सी सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको दोस्रो लेगमा डच क्लब आयाक्ससँग १–१ गोलको बराबरी भए पनि चेल्सीले समग्रमा ४–१ को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा चेल्सीले ३–० को जित निकालेको थियो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीकी मायरा रामिरेज र आयाक्सकी चेसिटी ग्रान्टले एक–एक गोल गरेका थिए ।