चैत १५, २०८० बिहिबार

काठमाडौँ– इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा आज चर्च ब्वाइज युनाइटेड काठमाडौँ र आयोजक राष्ट्रिय जागृती क्लबबीच प्रतिष्पर्धा हुँदैछ । खेल इटहरी रङ्गशालामा साँझ ६ बजे सुरु हुनेछ ।

चर्च ब्वाइज न्युरोड टिम (एनआरटी)लाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने आयोजक राष्ट्रिय जागृती क्लबले कञ्चनजंगा फुटबल क्लबलाई पराजित गरेको थियो ।

फाइनल खेला शनिबार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।