असार २६, २०७८ शनिबार

 काठमाडौं। पाहुना टोली अस्ट्रेलियाविरुद्ध घरेलु टोली वेस्टईण्डिज ५ खेलको टिट्वान्टी शृखंला अन्तर्गतको पहिलो खेलमा विजयी भएको छ। 

शनिबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा १४५ रन बनाएको थियो। उसका लागि आन्द्रे रसेलले २८ बलमा ५१ रन बनाउनु बाहेक अन्यले खास प्रदर्सन गर्न सकेनन्। अस्ट्रेलियाका जोस हेजलउडले ४ ओभरमा १२ रन दिदै ३ महत्वपुर्ण विकेट आफ्नो नाम गरे। मिचेल मार्सले २ विकेट लिए। 

१४६ रनको सामान्य लक्ष्य पछ्याएको पाहुना टोली १६ ओभरमा १२३ रनमा अलआउट भए पश्चात घरेलु टोली १८ रनले विजयी भएको हो। अस्ट्रेलियाका लागि मिचेल मार्सले ५१ रनको अर्धशतकीय ईनिङ खेले। वेस्टईण्डिजका लागि ओवेड म्यकोईले ४,हेल्डन जुनियरले ३,फेवियन एलेनले २ तथा आन्द्रे रसेलले १ विकेट हात पारे। 

यि दुई टिम बिचको दोस्रो टिट्वान्टी खेल भने नेपाली समयानुसार आईतबार बिहान ५:१५ मा हुनेछ।