असार २६, २०७८ शनिबार

एजेन्सी । ब्राजिलमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल अन्तर्गत कोलम्बिया तेस्रो भएको छ । 

तेस्रो स्थानको आज बिहान भएको खेलमा कोलम्बियाले पेरुमाथि ३-२ गोलले अन्तरको जित निकालेको हो ।

खेलको ४५ औं मिनेटमा योशीमार योटुनले गोल गर्दै पेरुलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ४९ औे मिनेटमा जुआन कोर्डाडोले गोल गर्दै कोलम्बियालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यस्तै ६६ औं मिनेटमा लुइन डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा अग्रता दिलाए । ८२ औं मिनेटमा जियान्लुलाले गोल गर्दै पेरुलाई बराबरीमा ल्याएका थिए । यस्तै इन्ज्युरी  समयको अन्तिम मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो विजयी गोल गरे ।  उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई गोलरक्षक गल्लासेले बचाउन सकेन । यो जितसँगै कोलम्वियाले समूह चरणमा भोगेको हारको बदला लिएको छ । समूह चरणमा पेरुले २–१ को जित निकालेको थियो ।

कोपाको उपाधिको लागि भोलि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजे हुनेछ ।