असार २६, २०७८ शनिबार

विद्रोही तालिवानीले दुई साताभित्र पूरै अफगानिस्तान कब्जा गर्नसक्ने जनाएको छ । रूस पुगेको तालिवानको प्रतिनिधिमण्डलका प्रमुख शहाबुद्दीन दिलावरले अमेरिकी राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै यस्तो दाबी गरेका हुन्। 

अमेरिकी राष्ट्रपति बाइडेनले त्यहाँका तीन लाख मजबूत सैनिकले अफगानिस्तानको सुरक्षा गर्नेमा आफू विश्वस्त रहेको बताएका थिए। अमेरिकाले सन् २००१ देखि अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध युद्ध छेडेको थियो। तालिवान वार्तामा आएपछि अमेरिकाले अफगानिस्तानबाट सैनिक फिर्ता गरिरहेको छ। बाइडेनले गत शुक्रबार अफगान तालिवानसँग ७५ हजार हाराहारीमा लडाकु भएको र सो शक्तिलाई तीन लाख अफगान सेनाले पराजित गर्नसक्ने दाबी गरेका थिए।