असार २६, २०७८ शनिबार

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) मा दोस्रो दिन सम्ममा ११ लाख २८ हजार बढी आवेदन परेको छ। निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार दोश्रो दिन शुक्रबार ३:३० बजेसम्ममा ११ लाख २८ हजार ३ सय ८४ जना आवेदकबाट १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ताको लागि आवेदन परेको हो। यो सर्वसाधारणका लागि माग गरिएको भन्दा २.९४ गुणा बढी आवेदन हो।

कम्पनीले असार २४ गते, बिहीबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको हो।