काठमाडौं। ५ टिट्वान्टी तथा ३ एकदिवसिय सिरिजका लागि वेस्टईण्डिज भ्रमणमा रहेको अस्ट्रेलियन क्रिकेट टोलीले घरेलु टोली विरुद्ध आईतबार बिहान दोस्रो टिट्वान्टी खेल खेल्दै छ।
खेल नेपाली समयानुसार शनिबार बिहान ५:१५ बजे सेन्ट लुसिया स्थित डारेन सामी अन्तराष्ट्रिय रंगशालामा हुनेछ।
डेबिड वार्नर, ग्लेन म्यासवेल लगायतका महत्वपुर्ण खेलाडी बिना नै वेस्टईण्डिज पुगेको अस्ट्रेलिया वेस्टईण्डिज भन्दा केही कमजोर देखिएको छ।
साविकका कप्तान कायरन पोलार्ड घाईते भएपश्चात पहिलो पटक वेस्टईण्डिज टोलीको नेतृत्व निकोलस पुरन लिएकामा कप्तानीलाई उत्कृष्टताका साथ सुरु गर्दै बिहान सम्पन्न पहिलो टिट्वान्टीमा टिमलाई उत्कृष्ट पुनरागमन गराउदै जित दिलाएकामा दोस्रो खेलमा पनि यसै लयलाई जारी राख्न चाहान्छ।