चैत २१, २०८० बुधबार

काभ्रेपलाञ्चोक, २१ चैतः तेमाल गाउँपालिका कार्यालयले स्थानीयस्तरका सहकारी संस्थालाई १५ दिनभित्र सबै विवरण उपलब्ध गराउन अनुरोध गर्दै पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्यो जारी सूचनामा कार्यालयद्वारा दिइएको समय सीमाभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रियासमेत अगाडि बढाइने उल्लेख गरिएको थियो     
    
सूचनामा गाउँपालिकाभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाको विवरण अद्यावधिक गर्नुपर्ने भएकाले सम्पूर्ण (बहुउद्देश्यीय, बचत तथा ऋण, कृषि तथा अन्य सहकारी संस्था)सहकारीले तोकिएको समयमा आवश्यक कागजात सार्वजनिक गर्न अपिल गरिएको हो     
    
तोकिएको समयभित्र विवरण उपलब्ध नगराउने सहकारीको दर्ता खारेजीसम्बन्धी कारबाही प्रक्रिया अगाडि बढाउने छौँ”, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन प्याकुरेलले भन्नुभयो उहाँका अनुसार सहकारीको शेयर सदस्य शेयर पूँजी तथा बचत सङ्कलन ऋण लगानीसमेतको विवरण माग गरिएको     
    
केही हप्ताअघि पाँचखाल नगरपालिकाले सहकारी क्षेत्र सुधार सुझाव कार्यदल२०८० को सुझाव तथा नगरको सहकारी ऐन२०७५ को दफा ५२ को ()उपदफा बमोजिम सहकारी संस्थाको सञ्चालक समिति लेखा तथा सुपरीवेक्षण समितिका सदस्य तथा व्यवस्थापकको सम्पत्ति विवरण उनीहरुले संस्थाबाट लिएको ऋणको विवरण, तीनपुस्ते विवरण, तथा संस्थाका नाममा रहेको जमिन एवं घरको कागजातसमेत बुझाउन नगरले निर्देशन दिएको थियो     
    
नगरका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमका अनुसार नगरभित्रका सबै प्रकृतिका सहकारीलाई कारोबार एवं गतिविधि दुरुस्त राखी आफ्ना विवरणकोपोमिसमा प्रविष्ट गर्न निर्देशन दिइएको पाँचखालमा सबै प्रकृतिका एक सय ४१ सहकारी छन् यस्तै नगरले सबै प्रकृतिका सहकारी संस्थालाईबचत कार्ययोजनानिर्माण गर्नसमेत निर्देशन दिएको     
    
सहकारी क्षेत्रमा पछिल्लो समय देखापरेको समस्या समाधानका लागि शेयर सदस्यको माग बमोजिम बचत फिर्ता गर्ने गरी बचत कार्ययोजना बनाउन नगरका सम्पूर्ण सहकारी संस्थाहरुलाई निर्देशन दिएको हो     
    
जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभे्रपलाञ्चोकका अनुसार दर्ता भएका एक हजार चार सय ९५ सहकारीमध्ये हाल सय ४६ वटा मात्रै सञ्चालनमा छन् हाल सञ्चालित सहकारीमा लाख ७९ हजार आठ सय १८ जना शेयर सदस्य रहेको तथ्याङ्क सङ्घले जिल्लास्थित सहकारी संस्थाको अनुगमन, निरीक्षणका क्रममा आठ सय ४९ वटा सहकारीको अवस्थाअज्ञातरहेको जनाएको