सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकन गर्नुभएको छ ।

अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै उहाँले विपद्बबाट जनधनको दीर्घकालीन सुरक्षा गर्नका लागि सुरक्षित ठाउँमा एकीकृत बस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।








