काठमाडौं। घरेलु टोली इंग्ल्याण्डले पाहुना टोली पाकिस्तान विरुद्धको ३ खेलको एकदिवसिय सिरिज अन्तिम खेल अगावै जितेको छ।
शनिबार राती सम्पन्न सिरिजको दोस्रो खेलमा पाहुना टोलीलाई ५२ रनले पराजीत गर्दै सिरिज जित्न सफल भएको हो।
बर्षाका कारण खेल ४७ ओभरमा घटाईएको थियो ।
टस हारेर पहिले ब्याटिङमा आएको घरेलु टोलीले ४५.२ ओभरमा अल आउट हुदै २४७ रनबनायो। उसका लागि फिलिप साल्टले ६० तथा जेम्स भिन्सले ५६ रनको अर्धशतकिय पारी खेल्दा लुईस जर्जियोले ४० रन बनाए। पाकिस्तानका लागि हसन अलिले ५ तथा हरिस रउफले २ विकेट लिए।
२४८ रनको लक्ष्य सहित मैदान उत्रिएको पाकिस्तान ४१ ओभरमा १९५ रनमा अलआउट भयो।
पाकिस्तानका लागि साउद सकिलले ५६ रन बनाए पनि टिमको हार टार्न सकेनन्। हसन अलिले ३१ तथा सादब खानले २१ रन बनाए। इंग्ल्याण्डका लागि लुईस जर्जियोले ३ तथा साकिव मोहम्मद , कार्जि ओभरटर्न र म्याथ्यु पार्किन्सनले समान २/२ विकेट लिए।
यि दुई बिचको तेस्रो एकदिवसिय खेल आगामी मंगलबार हुने छ।