काठमाडौं। पाहुना टोली अस्ट्रेलियाविरुद्ध घरेलु टोली वेस्टईण्डिज ५ खेलको टिट्वान्टी शृखंला अन्तर्गतको दोस्रो खेलमा फराकिलो जित हात पार्ने क्रममा ५६ रनले पनि विजयी भएको छ।
आईतबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १९६ रन बनाएको थियो। उसका लागि शिमरन हिटमायरले ३६ बलमा ६१ रनको अर्धशतकिय ईनिङ खेले भने ड्वेन ब्राबो ४७ रनले बनाउदा आन्द्रे रसेलले ८ बलमा २४ रन बनाए । अस्ट्रेलियाका जोस हेजलउड,मिचेल मार्स र एस्टन अगरले समान १/१ विकेट लिए।
१९७ रनको लक्ष्य पछ्याएको पाहुना टोली १९.२ ओभरमा १४० रनमा अलआउट भए पश्चात घरेलु टोली ५६ रनले विजयी भएको हो।
अस्ट्रेलियाका लागि मिचेल मार्सले ५४ रनको अर्धशतकीय ईनिङ खेल्नु बाहेक अन्यले राम्रो प्रदर्सन गर्न सके। वेस्टईण्डिजका लागि हेल्डन जुनियरले ३,शेल्डन क्रर्टेलले २ तथा आन्द्रे रसेल,ड्वेन ब्राबो,क्रिस गेल र फिडेल एड्वाडले समान १/ १ विकेट हात पारे।
यि दुई टिम बिचको तेस्रो टिट्वान्टी खेल भने नेपाली समयानुसार मंगलबार बिहान ५:१५ मा हुनेछ।