असार २७, २०७८ आइतबार

नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११९ रुपियाँ १३ पैसा र विक्रीदर अधिकतम् ११९ रुपियाँ ७३ पैसा तोकेको छ ।
यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ २५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९६ पैसा रहेको छ भने आज यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ३९ पैसा र विक्रीदर १६५ रुपैयाँ २२ पैसा रहेको छ ।

स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २७ पैसा र विक्रीदर १३० रुपैयाँ ९२ पैसा रहेको छ भने अष्ट्रेलियन डलर आज एकको खरिददर अधिकतम ८८ रुपैयाँ ८८ पैसा र विक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ ।
यस्तै, क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ २३ पैसा र विक्रीदर ९५ रुपैयाँ ७१ पैसा रहेको छ । 

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ८३ पैसा र विक्रीदर १० रुपैयाँ ८८ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३७ पैसा र विक्रीदर १८ रुपैयाँ ४६ पैसा रहेको छ । 
यता साउदी अरवियन रियाल आज एकको खरिदर ३१ रुपैयाँ ७६ पैसा र विक्रीदर ३१ रुपैयाँ ९२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर अधिकतम ३२ रुपैयाँ २० पैसा र विक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ । 

सबैभन्दा महंगो कुवेती डिनर नेपाली विनिमयदर आज एकको खरिदर अधिकतम ३९५ रुपैयाँ ६८ पैसा र विक्रीदर ३९७ रुपैयाँ ६७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।