एजेन्सी : स्पेनिस नकआउटका फुटबल प्रतियोगिता कोपा डेल रे अन्तर्गत आज ला लिगाका दुई ठुला टोलि सेभिल्ला र बार्सिलोना सेमिफाइनलको दोस्रो लेग खेल्दै छ ।
नेपाली समयअनुसार आज राति १:४५ बजेबाट सुरु हुने यो खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
यस अघि भएको पहिलो लेगमा सेभिल्लाले आफ्नो घरेलु मैदानमा बार्सीलोनामाथि २-० ले हराएको थियो । यता २-० गोलले पछि परेको बार्सिलोनालाई दोस्रो लेगमा उत्कृष्ट कमब्याक गर्ने योजनामा हुनेछ ।
तर बार्सीलोनालाई सहज भने पक्कै हुनेछैन । जारी सिजन खराव अवस्थामा गुज्रिएको बार्सिलोना केही दिन अघि सम्पन्न स्पेनीस ला लिगा फुटबलमा भने सेभिल्लालाई उसैको मैदानमा हराएको थियो । यधपी आजको खेलमा बार्सीलोनाले कम्तीमा ३-० गोल अन्तरको जित निकालेमा फाइनल प्रवेश गर्नेछ, यदि त्यो नभएको खण्डमा बार्सीलोना उक्त प्रतियोगिता बाट बाहिरिने छ ।